विदेशिएका श्रीमान घर फर्किदा श्रीमती अर्कैसँग भागेपछी [हेर्नुहोस् भिडियो]

रिता घिसिंग

पिएनपिखबर, भक्तपुर। विदेश गएर पैसा कमाए पछि नेपालमा आएर सिफल दाम्पत्य जिवन बिताउने सपना सजाएका युवाले पाएको धोकालाई समेटेर नयाँ गितको एल्बम सार्वजनिक भएको छ । गायक राम चन्द्र काफ्लेले स्वर दिएको ‘ विदेशीए ’ नामको एल्बममा यस्तो मार्मिक कथा समेटिएको छ ।

विदेशमा गएर पनि आफ्ना सारा कमाई समेत पठाइदिएका उनको सबै कमाई लिएर रामचन्द्रकी श्रीमतीले अर्कै टिपेर हिडेकी हुन् । गीतलाई गायक रामचन्द्र काफलेले आफनै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन ।

गीतमा रामचन्द्र काफ्ले एकल आवाज सुन्न सकिन्छ भने शब्द दिनेश सुबेदी रहेको छ र यहि शब्दलाइ संगीत र एरेन्ज भने बाबुल गिरिले भरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक गायक साशन कंडेलले निकै कलात्मक तरिकाले निर्देशन गरेका छन । गीतको भिडियोमा सम्पदा बानिया र विजय बराल मुख्य भूमिका रहेको छ भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।

सार्वजनिक यस गीतमा एउटा गरिबी मानबिय वास्तविक जीवनलाइ चित्रण गरिएको छ । जहाँ पैसा कमाउन हिडेको श्रीमानलाइ छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाइ तोडेर आफु खुसि हुने र आफ्नो रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाइ भिडियोमा देखाईएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया