विद्यार्थीले किताबबाट नै पैसा कमाउन सक्ने नेपालकै पहिलो एप ‘बुकसेयर’

admin

काठमाडौं, १५ माघ : कलेज, स्कुल एवं पढ्नमा रुची राख्ने जोकसैले पनि अब पढाइसँगै पकेट खर्च समेत कमाउन सक्ने भएका छन् । त्यसका लागि नेपालमै ‘बुक सेयर’ एप सार्वजनिक भएको छ । यो एपमा गुगल प्लेस्टोर या एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

यस एपमा आफ्नो अकाउन्ट खोलिसकेपछि आफूसँग भएको किताब भाडामा लगाउँन, बेच्न वा निःशुल्क दिन सकिन्छ । मानौं तपाइले बुकसेयरमा कुनै उपन्यास एक दिनको ३० रुपैयाँका दरले भाडामा लगाउँनु भयो भने तपाइले एक किताबबाटै ५ दिनमा १ सय ५० रुपैयाँ कमाउन सकिन्छ ।

मनौं ५ किताब प्रति किताब ३० रुपैयाँका दरले भाडामा लगाउनुभयो भने दिनकै १ सय ५० रुपैयाँ कमाउन सकिन्छ । एपबाटै किताब बेच्न पनि सकिन्छ । पुरानो किताबहरु सस्तो मूल्यमा बेचेर पनि सानोतिनो आम्दानी गर्न सकिने भएको छ ।

त्यस्तै पाठकहरुका एक हजार पर्ने कुनै उपन्यास ५ दिनमा १५० रुपैयाँमै पढ्न सकिन्छ । एकपटक पढिएका उपन्यास या पुस्तकक सस्तो मूल्यमा किनेर समेत पढ्न सकिन्छ ।

कुनै पनि व्याक्तिले किताबको खोजी गर्दा आफ्नो ठाउँ नजिकको मान्छेले बेच्न या भाडामा राख्न लगाएको सो किताब एपले सहजै देखाउँछ । र, त्यसपछि उक्त किताब भाडामा ल्याएर या किनेर पढ्न सकिन्छ ।

बुकसेयरमा स्कुल, कलेजका अर्थात एकेडेमिक किताब मात्रै नभएर, उपन्यास, कथा, कहानीलगायत सबै किसिमका किताबहरु किन्न,बेच्न र भाडामा लिनदिन सकिन्छ । काठमाडौं, पोखरा, हेटौंडा, बिरगञ्ज, बुटवल, नरायणघाटलगायत देशका सबै जिल्ला र शहरमा भएका विद्यर्थाीहरुले यो एप प्रयोग गरेर आम्दानी गर्न सक्छन् ।

प्रविधिको विकास हुँदै जाँदा नेपालमा विद्यार्थीहरुले सहजै पैसा कमाउनसक्ने प्लेटफर्मका रुपमा बुकसेयरलाई लिन सकिन्छ । (के एण्ड के टेक्नोलोजीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया