विद्यालयको वार्षिकोत्सवको अवसरमा साहित्यकार सुरेन्द्र महर्जन “अमर” द्वारा पुस्तकालयका लागि पुस्तक वितरण

शर्मिला गुरुङ

काठमाडौँ, ८ पुष : श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । समारोहमा काठमाडौँबाट निमन्त्रणा गरिएको वरिष्ठ कवि, गीतकार एवं गायक सुरेन्द्र महर्जन “अमर”, गायिका संगीता रायमाझी, रितिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार श्रेष्ठ लगायतले कार्यक्रममा गीत प्रस्तुत गरिएको थियो । गीतको ताल सुरमा बच्चादेखि बुढाबुढीसम्म नाचेर रमाएका थिए ।

मनोरञ्जनको लागि नृत्य लगायत अन्य विविध अन्य कार्यक्रमहरू पनि प्रस्तुती रहेका थिए । विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरूलाई नृत्य प्रस्तुत गरेपछि सिल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सुरेन्द्र महर्जन “अमर” द्वारा लिखित भाग्य (गीतिनाटक), अनुष्का (उपन्यास), मिस्ड कल (उपन्यास), अदभूत (उपन्यास) लगायतका ३ दर्जन पुस्तकहरू श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको पुस्तकालयको लागि उपहार स्वरुप प्रदान गर्नुका साथै उपस्थित गाउँ पालिकाका सम्पूर्ण दर्शक स्रोताहरुलाई पनि वितरण गरिएको थियो ।

श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सबको अवसरमा छत्रलाल श्रेष्ठको सभापतित्वमा प्रमुख अथिती इन्द्रावती गाउँ पालिकाका अध्यक्ष वंशलाल तामाङको उपस्थितिमा उपाध्यक्ष मिरा अधिकारी लामा र विद्यालयका प्रमुख अध्यक्ष श्याम रम्तेल लगायतको उपस्थितिमा महेन्द्र कुमार तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो । एजुकेसन एण्ड लाइभ हुड-पाट्नर सिप(HELP) द्वारा विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि झोला, कापी, पेन आदि सहयोग गरिएको थियो । प्लान इन्टरनेशनल नेपाल र नेपाल युथ फाउन्डेसनद्वारा २०७२ सालको भुकम्पपछि विद्यालय पुन: निर्माण गरिएको थियो ।

प्रतिक्रिया