विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

मनिषा थापा

कावासोती, १५ भदौ (रासस) : स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो ।

आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताउनुभयो । उक्त खोलाको बाढी पसेर विद्यालयको चार वटा कोठामा क्षति पु¥याएको थियो । विद्यालयको प्राङ्गणका साथै कक्षा १ देखि ४ सम्मका कोठा पूरै हिलो, गिट्टी, बालुवाले तीन फिटसम्म पुरेकोे उहाँले जानकारी गराउनुभयो । उक्त विद्यालयमा करीब तीन सय विद्यार्थी अध्ययनरत छन् ।

अविरल वर्षापछि खसेको पहिरोका कारण बुलिङटार सडक पनि अवरुद्ध भएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताउनुभयो । पोखरीदेखि बुलिङटारसम्म जाने सडकको विभिन्न स्थानमा पहिरोले अवरुद्ध पारेकाले यस क्षेत्रका सवारीसाधान चल्न सकेका छैनन् । अर्खला, तल्लो अर्खलालगायत स्थानमा पहिराले राजमार्ग अवरुद्ध बनाएकाले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया