विद्युत् चुहिएर आ’गलागी हुँदा दुई करोडको क्षति

admin

काठमाडौं, ७ चैत : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भएको आ’गलागीबाट रु दुई करोड बढीको धनमाल ज’लेर न’ष्ट भएको छ ।

काठमाडौं चन्द्रागिरि नगरपालिका-१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका-७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा शुक्रबार बिहान आ’गलागी भएको थियो ।

विद्युत् चुहिएर आगलागी हुँदा कपास बनाउने मेशिन तथा तयारी कपाससहितमा झण्डै रु २० लाखको क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटले जानकारी दिए ।

यस्तै काठमाडौं महानगरपालिका ३२ नरेफाँटमा सिरहा घरभइ हरहरमहादेव बस्ने ३२ वर्षीय दिनेशकुमार ठाकुरको फर्निचर उद्योगमा भएको आ’गलागीबाट करिब रु ६० लाख बराबरको काठपात ज’लेर न’ष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आ’गलागीबाट स्थानीय टुकनाथ खनालको घरका झ्याल ढोका, शारदा गौतमको घरको सबै झ्याल ढोका, पार्किङ गरिएको बा ३ ख ६५०७ नम्बरको मोटरसाइकलमा आंशिक क्षति भएको तथा बा २ ज ४८२६ नम्बरको ट्याक्सीको इञ्जिन ज’लेर न’ष्ट भएको छ ।

यस्तै ललितपुर महानगरपालिका-१ तिमल्सिनाचोकस्थित महोत्तरी घर भएका सन्दिप कोइरालाको सिद्धार्थ इन्टरप्राइजेज रङ तथा हाडवयेर पसलमा विद्युत् चुहिएर बिहीबार राति आ’गलागी हुँदा विभिन्न सामग्रीसहित झण्डै रु एक करोड २५ लाख बराबरको धनमाल ज’लेर न’ष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया