विद्यु्त् प्राधिकरण शाखा प्रमुख १ करोड २४ लाखकाे चेकसहित प’क्राउ

admin

काठमाडाैं : ​ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज प’क्राउ गरेको छ।

उनी भुक्तानीका लागि आवश्यक कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन पहिल्यै चेक काटेर लिई हिँडेका आयोगले जनाएको छ। प’क्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक नवौं तहका कर्मचारी हुन्।

प्रक्रिया नै नपु¥याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई प’क्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा आज गुप्ता प’क्राउ परेका हुन्। आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया