‘विनयजंग बस्नेतले उचालेका कारण शाहीले अभियान छाडे’

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता सागर खड्काले ज्ञानेन्द्र शाहीले अभियान छाड्दैमा अभियान फुटेको भन्न नमिल्ने भन्दै स्पष्टीकरण दिएका छन्। पिएनपिखबरसँगको कुराकानीमा उनले अभियानको एक सदस्यले अभियान छाड्दैमा अभियान नफुट्ने बताएका हुन्। 

उनले भने, ‘स्थायी सँस्था जसमा मुलुक बचाउन प्रतिनिधि पृथ्वी नारायण शाहको वंशज हुनुपर्छ, एउटा उन्नत गणतन्त्र ल्याउने अडान छ हाम्रो। हिजोसम्म उनी पनि त्यहीमा अढिक थिए आज आएर उनले त्यो अडान छाडे।’

समाजसेवी विनयजंग बस्नेतले ज्ञानेन्द्र शाहीको सुरक्षा अभियानले नदिएको भन्दै अन्तिरंजित कुराहरु गरेर अभियानलाई आरोप लगाएको उनले बताए। यसै सन्दर्भमा उनले भने, ‘हाम्रो अभियानले सक्ने जति सुरक्षा र साथ दिएका थियौ शाहीलाई सन्तुष्ट भएन। राजनीतिमा एउटा अडान हुन्छ तर बस्नेतले उचालेकै भरमा अडान छाड्ने शाही कस्तो मान्छे ? देश परिवर्तन गर्छु भनेर हिंड्ने मान्छेले उचालेको भरमा उचालिएर कसरी देश बन्छ ?’ बाँकी हेर्नुहोस भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू