विप्लव समूहका जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ

admin

म्याग्दी , पुस २८ : नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका २ ज्यामरुकोटको विमिराबोटस्थित निजकै घरबाट दुई थान हतियारसहित सापकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सापकोटा घरमा आएको सूचनाको आधारमा आइतबार राति जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले सापकोटालाई पक्राउ गरेको जनाइएको छ। सापकोटाको घरबाट दुई थान गोली लोड गरिएका हतियार समेत बराबद गरिएका प्रहरी निरीक्षक शर्माले जानकारी दिए। उनका अनुसार सापकोटाको घरबाट ७ राउण्ड लोडेट थ्रि नटथ्रि राइफल र एक थान लोडेट भरुवा बन्दुक समेत फेला परेको हो।

भूमिगत शैलीमा विप्लव नेतृत्वको पार्टीमा सक्रिय रहेका सापकोटाको प्रक्राउबाट विप्लव समूहलाई ठूलो धक्का लागेको छ। पक्राउ परेका सापकोटालाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया