विप्लव समूहका तीन जना कार्यकर्ता प’क्राउ

admin

सप्तरी : सप्तरीमा नेत्रविक्रम चन्द विप्लवका समूहका तीन जना कार्यकर्ता प’क्राउ परेका छन् । आज बिहान खडक नगरपालिकाका रामनाथ मण्डल, राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई प’क्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख, एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

केही समययता व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग चन्दा माग्ने, ध’म्काउने लगायत गैरकानुनी गतिविधि गरेको गुनासो आएपछि उनीहरुलाई प’क्राउ गरिएको एसपी धमलाले बताउनुभयो । प्र’हरीले उनिहरुबाट विप्लव समूहका केहि कागजात पनि बरामद गरेको छ ।

प्रतिक्रिया