विप्लव समूहका नेता पदम पुन ‘फिल्टर’ प’क्राउ

राष्ट्रिय समाचार समिति

म्याग्दी : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट प’क्राउ परेका छन्। म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्र’हरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ।

प्र’हरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई प’क्राउ गरिएको बताए। ‘दरवाङ क्षेत्रबाट प’क्राउ गरिएको हो’, राईले भने, ‘उनी यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा थिए।’

पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आ’गज’नी, च’न्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्र’हरीको आरोप छ। पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन्।

उन पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्र’हरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन प’क्राउ परेका हुन्। सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया