विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

admin

काठमाण्डाै : सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे हाे ।

यस्तै बैठकले विप्लवसँग भएकाे सहमति सार्वजनिक भएपछि लागू हुने गरी अनुमाेदन गरेकाे छ । सहमतिकाे विस्तृत विवरण शुक्रवार दिउँसाे दुई बजे सार्वजनिक गर्ने सरकारी वार्ता टाेलीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

सरकार र नेत्रविक्रम चन्द समूह विप्लवबीच बालुवाटारमा शुक्रवार नै सहमति भएकाे हाे । सहमतिअनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

प्रतिक्रिया