विभागद्वारा दुई औ’षधिमा रोक

admin

काठमाडौं, २४ असार : न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औ’षधिको बिक्रीवितरणमा रोक लगाइएको छ ।

औ’षधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औ’षधिको बिक्रीवितरणमा रोक लगाएको हो ।

मेट्रो ४०० एमजी (मेट्रो’निन्डाजोल ट्या’बलेट) र सेटोफेन (प्यारा’सिटामोल ट्या’बलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

औ’षधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मंगलबार निर्देशन दिइएको बताइएको छ ।

विभागले उक्त औ’षधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया