विमला वलीले किन रोजिन माओवादी केन्द्र ?

admin

रुपन्देही, १९ बैशाख : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ । दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उनी दुवै समूहमा खुलेकी थिइनन् । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सकेकी छिन् ।

नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीको गाडी दुर्घटनामा ज्यान गएपछि उनकी पत्नी विमला उपचुनावमा विजयी भएकी थिइन् । वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्रै भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो । वलीले माओवादी केन्द्र रोजेसँगै आइतबारपदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको योजनाअनुसार उनी एक दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने सम्भावना टरेको छ ।

छ जना सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभामा ८१ जना सदस्य छन् । तीमध्ये ४१ जना एमालेका सांसद भएकाले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउने बताएका थिए । वलीले माओवादी रोजेसँगै प्रदेश सभामा अब पोखरेलको बहुमत पुग्दैन ।

प्रतिक्रिया