विराटले खुलासा गरे आफ्नो सुखी वैवाहिक जीवनको रहस्य

रिता घिसिंग

एजेन्सी : विराट कोहली र अनुष्का शर्माको जोडी ग्ल्यामर वल्र्डका सबै भन्दा मन पराउने सेलिब्रेटी जोडी मध्ये एक हो। केही समय पहिला विराटले एक अन्तर्वार्तामा आफ्नो ह्याप्पी म्यारिड लाइफको धेरै सिक्रेट शेयर गरेका थिए। जसको भिडियो भाइरल भैरहेको छ। उनले आफूहरुलाई सामान्य काम गर्न मजा आउने बताए। यही कारण उनीहरुले न्यूजिल्याण्ड भ्रमण को बेला मरीन परेड गएको र जुनेली रातमा बसेर कुरा गर्दै आनन्द लिएको बताए।

विराटका अनुसार यी सानो सानो कुराले उनलाई खुसी पार्ने गर्छ जुन उनले धेरै जसो गर्न पाउँदैनन्। कोहलीले अन्तर्वार्तामा आफू र आफ्नी पत्नीलाईसँगै लामो वाकमा जना मन पर्ने बताए। उनले एकरात जुनेली रातमा न्यूजिल्याण्डको मरिन परेडमा गएको र त्यहाँ बसेर आफूहरुले कुरा गर्दै रमाइलो गरेको बताए।

भारतीय क्रिकेट टोली अहिले न्यूजिल्याण्ड भ्रमणमा रहेको छ। यो समय अनुष्का शर्मा पनि आफ्ना पति विराटसँग न्यूजिल्यान्डमा समय बिताइरहेकी छन्। अनुष्काले न्यूजिल्याण्डबाट आफ्नो फोटोहरु पनि शेयर गरेकी छन्। जसमा उनि विभिन्न सुन्दर ठाउँमा रमाइलो गरिरहेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू