विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख भन्दा बढी संक्रमित

admin

काठमाडौं, २२ जेठ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोनाको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् । हाल विश्वभरीमा संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख २८ हजार २४१ जना संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जनामा संक्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया