विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजार भन्दा बढी संक्रमित

admin

काठमाडौं, ३ असार : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोनाका कारण बिरामी भएका ४३ लाख २३ हजार ७३ जना निको भएका छन् । हाल विश्वभरमा संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ८ हजार ४०० जनामा कोरोनाका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १५ लाख १४ हजार ४९८ जना संक्रमति रहेका छन् । यहाँ ६३ हजार २९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार २३१ जना संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९५ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ३५ हजार ९७० जना कोरोना संक्रमित रहेका छन् भने १ लाख ८३ हजार ९९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार ५९९ जनामा संक्रमण रहेको छ भने, ४३ हजार ८१२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ६१ हजार ९३९ जनामा  संक्रमण रहेको छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९८३ जनामा संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया