विश्व कै जेष्ठ नागरिक ११६ वर्षीय वृद्ध आमाको मार्मिक जीवनकथा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। वि.सं. १९५९ चैत १० गते सिन्धुपाल्चोकको गिरानचौरमा जन्मिएकी बाटुली लामिछाने उमेरले ११६ वर्ष पुगिन् । सेतै फुल्लेको कपाल, हँसिलो अनुहार, सहयोगी मिजास, फुर्तिलो व्यवहारकि ११६ वर्षीय यी वृद्ध आमा हाल थानसिंग गाविस– ८ आपचौरमा बस्छिन्। उनले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ ।

एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले ११६ वर्षीय बाटुली संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन् । उनले नाति, पनाती, खनाती, जनाती सबै देखिसकिन् अनि देशका अनेकौं तन्त्रहरु राणाशासन देखि प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र, लोकतन्त्र, नयाँ नेपाल पनि नियालिसकिन्। तर बिडम्बनाको कुरा नेपाल सरकारको तर्फबाट उनलाई बृद्ध भत्ता बाहेक अरु सुबिधा पाएकी छैनन्।

समाचारमा प्रेषित भए अनुसार उनका लागि जीवन सहज भएन। गाउँ कै छबिलाल लामिछाने नामले चिनिने व्यक्तिसंग उनको विवाह भयो। विवाह पश्चात उनले ४ सन्तानलाई जन्म दिइन्। दुर्भाग्यवस सबै सन्तानको अकालमा नै मृत्यु हुन पुग्यो। उनको गर्भबाट जन्मिएको सन्तान मध्य सबै भन्दा कान्छो छोरा मात्र मृत्युलाई जित्न सफल भए। उनको जीवनमा सन्तान वियोग त छदै नै थियो तर यो भन्दा पनि ठुलो बज्रपात उनको जीवनमा घट्न पुग्यो। उनका श्रीमान भारात जान्छु भनी घरबाट हिडे। त्यसपश्चात उनी एक्ली भइन्। बिरामी पर्दा एक गिलास तातो पानी तताएर दिने मान्छे समेत कोहि भएनन्। ८ दशकअघि नै भारत गएका श्रीमान् छविलाल लामिछाने फेरी उनको जीवनमा कहिले फर्किएनन् । त्यसका बाबजुद बाटुली विना तनाव १ सय १२ वर्षसम्म आफ्नो जीवन चलाइरहेकी छिन् । उनी धुम्रपानकी अम्मली हुन् । दैनिक ३० वटा बिडीँ पिउँछिन् । उनी भन्छिन्–‘सक्रिय जीवनशैलि र तनाव बिनाको दैनिकी मेरो लामो जीवनको कारण हो ।’

बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको उनका कान्छा छोरा नेत्र प्रशाद लामिछानेले बताए। कपाल सेताम्मे फुलिसकेको उनी अहिले सकिनसकी हिडडुल गर्न खोज्छिन्। उनलाई एकै ठाउँ बिना कम बसिराख्न मन पर्दैन।सकेको केहि काम गरौ भन्ने मनसायले उनी नसके पनि उठेर आगन सम्म जाने फेरी पिढीमा आउने गर्छिन् । गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि यैचोपैचोसमेत गर्न भ्याउने बाटुली गाउँभरिका लागि जीवित देवताजस्तै सम्मानित रुपमा रहँदै आएकि छिन्।

बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, सकेको गर्नेसम्मको नित्य कर्ममा लागेकी उनले अहिलेसम्म डाक्टरी औषधि सेवन गरेकी छैनन्। ‘अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,’ बाटुलीले भनिन् ‘मलाई हिँडडुल गर्न केही गाह्रो भएको छैन।’ कुनै ठूलो र प्रभाव पार्ने रोग अहिलेसम्म शरीरमा नहरेको बाटुलीले अझै तन्दुरुस्तीका साथ जीवन बिताउने चिनेजानेकाहरुको अनुमान छ।

गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा रहेकी बाटुलीलाई यो पालिको भूकम्पले भने झनै तर्साएको छ। बरु उनलाई ९० सालको भूकम्पले त्यति हल्लाएको थिएन होला अहिलेको २०७१ साल बैशाख १२ गतेको भुकम्पले उनको मन नै थरर भएको छ। आजको दिन सम्म पनि उनी घर भित्र सुत्न डराउछिन्। बाहिर पिधिको खात नै अचेल उनको ओछ्यान बनेको छ। अर्को रोचक कुरा उनको ओछ्यानमा सधै एउटा रंगीबिरंगी धोक्रो हुन्छ। त्यस धोक्रो भित्र उनकै व्यक्तिगत समान छ। उनको भनाई अनुसार त्यहा उनले उनको लत्ताकपडा राखेकी छिन्। उनी त्यो धोक्रा कसैलाई छुन समेत दिन्नन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू