विश्व कै पहिलो फाइभ स्टार जेल, कैदीहरुलाई मिल्छ यस्तो सुविधा [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर : जेलको नाम सुन्ने वित्तिकै हाम्रो दिमागमा एउटा कोठा आउँन सक्छ जहाँ राम्रो खाना, सुत्ने पलंग देखि धेरै सुविधा हुदैन। तर विश्वमा एक यस्तो जेल पनि छ जसलाई फाइभ स्टार जेलको नामबाट चिनिन्छ।

उक्त जेलमा रहने कैदीलाई कयौ खालका सुविधा पनि दिईने गरिन्छ। यस जेलको नाम हो ‘जस्टिस सेंटर लियोबेन’ जुन अस्ट्रियाको पाहाडी क्षेत्रको लियोबिनमा अवस्थित छ। खासमा यो एउटा अदालत हो जसभित्र कैदीहरुको लागि जेल पनि बनाइएको छ।

सन् २००५ मा निर्माण भएको जेलको डिजाइन चर्चित वास्तुकार जोसेफ होहेंसिन्नले डिजाइन गरेका हुन्। उक्त जेलको एक भागमा अदालतसँग सम्बन्धित काम हुने गर्छ जुन आम मानिसको लागि खुला छ।

सर्वसाधारण अदालतमा गई भित्रको दृश्य आरामले हेर्न पाउँछन। यस जेलमा लगभग २०५ कैदीहरु राख्ने व्यवस्था गरिएको छ। यहाँका कैदीहरुले जीम, लेक र स्पाको सुविधा पाएका छन्।

प्रतिक्रिया