विषादी खुवाइएको कुकुरको उपचार गर्न स्नेहाज केयरको टोलि दिक्तेलमा, मेयरसहित दुईजना बिरुद्धमा किटानी जाहेरी दर्ता

admin

काठमाडौं, १७ भदौ : निर्ममतापूर्वक पिटेर तथा विषादी खुवाइएको कुकुरहरुको उपचार गर्न स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनको आपतकालिन सहायता टोलि दिक्तेल पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्ममतापूर्वक पिटेर तथा विषादी दिएर त्यस स्थानका सयौँ कुकुरहरुलाई निर्ममतापूर्वक मारेको घटनापश्चात स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसन टोलिले बिरामी अवस्थामा रहेका कुकुरहरुको उपचार गरेको छ ।

नगरपालिकाका मेयर दिपनारायण रेग्मीको असहयोग र अवरोधका विच पनि उक्त टोलिले बिरामी अवस्थाका कुकुरहरुको उपचार हो । यो घटनाका दोषि मेयर दिपनारायण रेग्मी सहित अन्य संलग्न दुईजनाको बिरुद्धमा जिल्ला प्रहरी कार्यालय दिक्तेलमा स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनको टोलिले किटानी जाहेरी दर्ता गरेको छ ।

स्नेहाज केयर र नेपाल भेटेरीनरीको टोलि काठमाडौँ फर्किने क्रममा सत्ता र शक्तिको आडले मेयरको निर्देशनमा दिक्तेलबाट करिब १५ किलोमिटर टाढा पर्ने मौरे स्थानमा केहि स्थानीयहरु प्रयोग गरि उक्त टोलिलाई रोकी अपहरणको शैलिमा दिक्तेल नै फर्काइएको छ ।

स्नेहाज केयरले आकस्मिक उपचार टोलिको शिघ्र रिहाईको माग गर्दै सडक आन्दोलनमा उत्रिने चेतवनी समेत दिएको छ । साथै कुसंस्कारका विरुद्ध लड्न सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया