विष्णु राईको लोकदोहोरी गीत “सगैँ जिउला सगँसगैँ मरौला” सार्वजनिक [भिडियो सहित]

admin

काठमाडौ, १८ कार्तिक : लोक गीत संगीतको विकासमा समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु राईको लोकदोहोरी गीत ”सगैँ जिउला सगँसगैँ मरौला” गीतको भिडियो आजबाट बजारमा आएको छ । गीतमा गायिका टिका पुन र गायक विष्णु राईको आवाज रहेको छ ।

प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । विष्णु राईको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “सगैँ जिउला सगँसगैँ मरौला” गीतमा सञ्चिता शाही र बुद्धविर थापाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया