वि एम डब्लुले ल्यायो दुर्घटना नै नहुने मोटरसाईकल ! यस्ता छन् यसका विशेषता

रिता घिसिंग

एजेन्सी : नेपालमा दैनिक सवारी दर्घटनाका कारण सयौं मानिसले ज्यान गुमाउनु परेको छ । त्यसैले जर्मन अटो मेकर विएमडब्लुले एक नयाँ मोटरसाईकल बजारमा ल्याएको छ । विएमडब्लुले दुर्घटना नै नहुने मोटरसाईकल बजारमा ल्याएको हो । बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो ।

यो मोटरसाईकल बजारमा ल्याउँदै दुर्घटना नहुने दाबी समेत गरेको छ । जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीको दाबी छ । कम्पनीले यो बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने दाबी गरेको हो ।

कम्पनीका अनुसार यस मोटरसाइकलमा अटो सेन्सर जडान गरिएकाले चालक दुर्घटनाबाट बच्न सक्छन् । जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने भएकाले मोटरसाइकलवाबाट दुर्घटना हुने छैन् । बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया