वि.सं. २०७५ कार्तिक ०२ गते शुक्रबारको राशिफल हेर्नुहोस

admin

वि.सं. २०७५ कार्तिक ०२ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अक्टोबर १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, आश्विन शुक्लपक्षको दशमी तिथि, साँझ ०४:४१ बजेसम्म, त्यसपछि एकादशी तिथि, धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि ०३:१६ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो ०२:०० बजेसम्म, त्यसपछि कुम्भ राशिमा,शूल योग, दिउँसो ११:४४ बजेसम्म, त्यसपछि गण्ड योग, गर करण, साँझ ०४:४१ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : विजया दशमी, नवरात्रअन्तर्गत अपराजिता भगवतीको पूजा आराधना गर्ने दिन, दशैंको टीका, देवी विसर्जन, शमी दर्शन, खड्गयात्रा, चाँल

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल, ०४ गते : त्रिपुष्कर योग बिहान ०५ बजृर ३६ मिनेटदेखि बेलुका ०८ बजेर ११ मिनेटसम्म, ०५ गते : सोमप्रदोष व्रत, अर्घाखाँची सराय पर्व,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनका साथ गरीएका कार्य सफल रहनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

प्रतिक्रिया