वि.सं. २०७५ फाल्गुन २२ गते बुधबारको राशिफल हेर्नुहोस

शर्मिला गुरुङ

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन २२ बुधबार नेपाल सम्बत ११३९ सिल्लागा,सन् २०१९ मार्च ६ तारिक कृष्णपक्ष औशी तिथि राती ८ वजेर ५२ मिनेटसम्म,शतभिषा नक्षत्र अपरान्ह ५ वजेर ५० मिनेटसम्म,सिद्धियोग,चतुष्पदकरण,आनन्दादियोग मानस,सूर्य कुम्भ राशीमा,चन्द्रमा पनि कुम्भ राशीमा ।

मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ मध्यान्ह १२÷१६ वजेबाट १÷४३ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ७÷५२ वजेबाट ९ ÷२१ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान १०÷४८ वजेबाट मध्यान्ह १२÷१६ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ पूर्वान्ह ११÷५२ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५२ वजेबाट मध्यान्ह १२÷३९ वजेसम्म रहनेछ । ॐःसूर्योदयबाट प्रातः ७÷५३ वजेसम्म लाभ वेला,७÷५३ वजेबाट ९÷२१ वजेसम्म अमृत वेला,९÷२१ वजेबाट १०÷४८ वजेसम्म काल वेला,१०÷४८ वजेबाट १२÷१६ वजेसम्म शुभ वेला,१२÷१६ वजेबाट १÷४३ वजेसम्म रोग वेला, १÷४३ वजेबाट ३÷११ वजेसम्म उद्वेग वेला,३÷११ वजेबाट ४÷३८ वजेसम्म चर वेला र ४÷३८ वजेबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

ॐःसूर्यास्तबाट ७÷३८ वजेसम्म उद्वेग वेला,७÷३८ वजेबाट ९÷११ वजेसम्म शुभ वेला,९÷११ वजेबाट १०÷४३ वजे सम्म अमृत वेला,१०÷४३ वजेबाट १२÷१६ वजेसम्म चर वेला,१२÷१६ वजेबाट १÷४८ वजेसम्म रोग वेला,१÷४८ वजेबाट ३÷२१ वजेसम्म काल वेला,३÷२१ वजेबाट ४÷५३ वजेसम्म लाभ र ४÷५३ वजेबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समयको सदुपयोग गर्नु पर्ने देखिन्छ । यो समय पछि आउने छैन । लगनशिल भई गरेका कामबाट उपलब्धि राम्रै हात लाग्नेछ । उर्जाको सदुपयोग गर्नु होला । व्यापारबाट आम्दानी बढ्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : गरेका काम उदाहरणीय हुनेछन् । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्नु होला । काम अनुसार दाम हात पर्नेछ । व्यापार व्यवसायमा सुधारको संकेत देखिनेछन् । प्रतिष्ठा बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : दिन मध्यम खालको छ । आध्यात्मिक चिन्तन बढ्नेछ । धन दिने काम नगर्नु होला । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । भयातुरमा काम नगर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : दिन प्रतिकुल छ । काम गर्ने वातावरण विग्रिनेछ । साझेदारले धोका दिनेछ । आफन्तका कारण काममा विलम्ब हुनेछ । गोप्य कुरा नखोल्नु होला । खर्च बढ्ने देखिन्छ । स्वास्थ्य कमजोर बन्न सक्छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : हेलचक्रयाई गरेर काम नगर्नु होला समयले थोरै साथ दिनेछ । व्यापार व्यवसायबाट सामान्यखालको आम्दानी हुनेछ । पारिवारिक समस्याबाट फुर्सद मिल्ने छैन । आय व्यय वरावरै जस्तो हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : कार्य क्षमता,आत्मबल बढ्नेछ । काम गर्दा बाहिरी कुरालाई ध्यान दिनु होला । प्रयत्नबाट नै सफलताका सिढि चढ्न पाईनेछ । सहयोग गर्ने कोहि हुने छैनन पाए धुत्ने प्रयास गर्ने छन् ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : के गर्ने के नगर्ने भन्ने अन्योलता सृजना हुनसक्छ । मानसिक चिन्ताले छोड्ने छैन । निर्णयको अभावमा अवसर फुत्किने देखिन्छ । सहयोग गर्ने भन्दा लुट्ने धेरै हुनेछन् । आर्थिक सचेतना भने बढ्नेछ ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : प्रिय बस्तु गुमाउनु पर्ने अवस्था आउन सक्छ । पारिवारिक खर्च बढ्नेछ । काम गर्ने जोश जागर घट्नेछ । अनावस्यक झमेला आइलाग्न सक्छन् । व्यापार घट्नेछ । घर डेराको समस्या पर्न सक्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : विरोधी शरणमा आउने छन् । पुराना समस्या आफ्नै सक्रियतामा समाधान गरिनेछ । गिरेको मनोबल उठ्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । पढाईमा ध्यान जानेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : वोलीको सहयोग जती व्यवहारिक सहयोग कसैबाट मिल्ने छैन । जीवन साथिको सहयोगमा भने केहि काम हुनेछन् । व्यापारबाट सामान्य लाभ हुनेछ । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : खर्चमा ह्रास आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । आत्म विश्वास बढ्नेछ । विरोधी परास्त हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : मनमा अशान्ति बढ्नेछ । सोचाईको विपरित काम हुनेछन् । विश्वास पात्रले धोका दिनेछन् । अशुभ समाचारले मनमा चिन्ता थप्नेछ । व्यापारमा गिरावट आउनेछ । खानपानबाट स्वास्थ्य कमजोर बन्नेछ ।

प्रतिक्रिया