वीरगञ्जको कोरोना अस्पतालमा ६५ वर्षका पुरुषको ज्यान गयो

admin

पर्सा, ११ साउन : वीरगञ्जको कोरोना अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ६५ वर्षका पुरुषको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि शनिबार बेलुकी अस्पताल भर्ना गरिएका वीरगञ्ज आदर्शनगरका पुरुषको आइतबार बिहान ज्यान गएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आएकाले उनलाई आकस्मिक कक्षकै भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. निरज सिंहले बताएका छन् । उनकाअनुसार ती पुरुषको आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको तर पीसीआर विधिबाट भने परीक्षण गर्न बाँकी छ ।

अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये ४ जनाको अवस्था जटिल रहेको डाक्टरले बताएका छन् । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डा. निरज सिंहले जानकारी दिए ।

परीक्षणको लागि स्वाब संकलन गरिएको र बेलुकीसम्ममा रिपोर्ट आउने डा. सिंहले जानकारी दिए । पीसीआर रिपोर्ट नआउँदासम्म श’व आकस्मिक कक्षमै राखिने अस्पतालले जनाएको छ ।

यसअघि वीरगञ्जमा भारत माइती भई वीरगञ्ज-२१ बस्दै आएकी १७ वर्षकी युवतीको शुक्रबार बेलुकी ज्यान गएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेशनमा वीरगञ्ज-११ श्रीपुरकी ८५ वर्षकी वृद्धाको ज्यान गएको थियो ।

प्रतिक्रिया