व्यक्तिको अन्तिम संस्कारपछि कोरोनाकै कारण निधन भएको पुष्टि

admin

वीरगञ्ज, १२ जेठ : वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डा. असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो ।

गएको ४ गते रिपोर्ट आउनु अघि नै उनको ज्यान गएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको छ । अन्तिम संस्कारपछि उनको रिपोर्ट आएको हो ।

प्रतिक्रिया