वीर अस्पतालमा कार्यरत थप १ चिकित्सकमा कोरोना पुष्टि

admin

काठमाडौं, २३ साउन : वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ ।

अस्पतालका २ चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको निर्देशक डा. सेञ्चुरीले बताए । यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया