शक्तिशाली ज्वालामुखी विस्फोट इन्डोनेशियामा

admin

एजेन्सी, १९ फागुन : इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ।

विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको थियो । भूकम्पको जोखिममा रहेको त्यस क्षेत्रमा हुने गरेको ज्वालामुखी विस्फोटले इण्डोनेशियाको उत्तरी सुमात्रा प्रान्तमा पनि उच्च सतर्कता अपनाइएको छ ।

इन्डोनेशियामा अहिले १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका सक्रिय ज्वालामुखीको तुलनामा अत्याधिक हो ।

प्रतिक्रिया