शनिबार थपिए १२ सय ७ जना कोरोना संक्रमित

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

उपत्यकामा ७२४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ । शनिबार देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर थपिएको कुल संक्रमितमध्ये काठमाण्डौमा ६० प्रतिशत संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया