शनिबार पनि बैंक खोल्न निर्देशन

अस्मिता बेल्बासे

काठमाडौं, २६ असार : नेपाल राष्ट्र बैंकले (भोलि) शनिबार बैंकहरू खुला राख्न निर्देशन दिएको छ ।

कोरोना भाइरस कोभिड-१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ । 

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताएका छन् ।

प्रतिक्रिया