शरीरभरी रौँ नै रौँ भएकी बालिकाको हेम्स अस्पतालले निशुल्क उपचार गर्ने

मनिषा थापा

पिएनपिखबर : शरीरभरी रौँ  नै रौँ भएको कारण समाजबाट अपहेलित हुन् पुगेकी ७ वर्षिया सोम माया थापामगरको अब उपचार हुने भएको छ। हेम्स अस्पतालले उनको निशुल्क उपचार गर्ने बताएको छ।

सोममायाको मात्र नभई उनको विरामी आमा लक्ष्मी थापा मगरको पनि अस्पतालले यतिबेला निशुल्क उपचार गरिरहेको छ। अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ कमल धितालले सोम मायाको उपचार शुरु गर्ने बताएका छन्।

उनले सोममायालाई  ‘मेलानोसाइटिक नेवर ‘ भएको बताए। मेलानोसाइटिक केमिकल असामान्य रुपमा वृद्धि भएको कारण छाला कालो र रौ आएको उनको भनाई छ। उनले भने, ‘उनलाई क्यान्सर भएको छैन, हेर्दा नराम्रो देखिने भएकोले यसको कस्मेटिक उपचार गर्नुपर्ने हुन्छ। प्लास्टिक सर्जरी गर्नुपर्ने देखिएकोले विशेषज्ञहरु सँग छलफल भईरहेको छ। यसको साथै उनले सोममायाको आमा लक्ष्मी थापा मगरको उपचार पछि उनको उपचारको थालनी गर्ने बताए।

सोममायाको परिवारको अबस्था निकै दयनीय छ। उनका बुबा यमबहादुर थापामगर ज्याला मजदुरी गर्थे। उनकी आमा लक्ष्मी थापा मगरलाई पक्षघात भएको कारण प्यारालाइसिस भएर ओछ्यान मै थलिएकी थिइन। समाजसेवी तथा महिला उधमी बसु तामाङले उनलाई अस्पताल लगिन। यस अघि पनि धेरै पिडित व्यक्तिहरुलाई उनले सहयोग गर्दै आएकी छिन्। अहिले लक्ष्मी बोल्न सक्ने ओछ्यानबाट उठ्न सक्ने भएकी छिन्। उनको स्वास्थ्यमा सुधार आइरहेको छ।

आफ्नो कमजोर आर्थिक श्रोत र श्रीमती र छोरीको अबस्थाको कारण सोममायाका बाबुलाई डिप्रेशन भएको थियो। डिप्रेशनको औषधि खाई रहेका उनले अन्तत आत्महत्या नै गरे। उनी, उनको दिदि र एउटा भाई टुहुरा भए। उनको सानो भाई र एउटी दिदी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू