शरीरमा यी ४ संकेत देखियो भने वेवास्था नगरौ

मनिषा थापा

पिएनपिखबर : भनिन्छ स्वास्थ्य नै धन हो। त्यसकारण हामीले स्वास्थ्यको ख्याल राख्न अत्यन्त जरुरी छ। थोरै लापर्वाहिले पनि अचानक गम्भीर रोग निम्त्याउन सक्दछ। स्वास्थ्य रहनको लागि आफ्नो शरीरको संकेत पहिचान गर्न जरुरी हुनेगर्छ। खासमा हाम्रो शरीरले हामीलाई धेरै खालको संकेत दिन थाल्छ यदी उक्त संकेत किड्नीको विषयमा हो भने बिल्कुलै लापरवाही गर्नुहुदैन।

यदी तपाईलाई कमजोर महसुस हुन्छ वा ज्यादा थकाई लाग्छ भने वेवास्था नगरी तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ। त्यो लक्षण किड्नी सम्बन्धित हुन् सक्छ।
यदी पटक-पटक पिसाब लाग्छ भने पनि तुरुन्त परिक्षण गराउनुहोस्। किड्नीले शरीरको तरल पदार्थ र अप्शिष्टलाई बाहिर ल्याउने गर्छ। उक्त तरल पदार्थ र
अपशिष्ट शरीरमा रातो रक्त कोशिकाको रुपमा हुने गर्छ। किड्नीको काम भनेको रगतमा खनिज पदार्थ सप्लाई राम्ररी गर्नु हो।

तपाईलाई अचानक त्व्चामा जलन र चिलाउन थाल्यो भने सामान्य ठान्न हुदैन। किड्नीमा केहि समस्या भएमा रगत राम्ररी छानिदैन। यसले किड्नीमा संक्रमण र किड्नीमा पथरी हुनसक्छ। त्यसकारण पटक-पटक पिसाब आउने, छालामा समस्या, कम भोक लाग्नु, थकाई र कमजोर महसुस भएमा तुरुन्त जाँच गराउनुपर्दछ।

किडनीले राम्ररी काम गरेन भने शरीरबाट बाहिर टक्सिन निक्लन पाउदैन र मानिसलाई भोक कम लाग्छ। यदी लगातार भोक कम लाग्छ भने किड्नीको परिक्षण गराउनुपर्छ।

प्रतिक्रिया