शरीर नचल्ने विक्रमसँग बिहे गरेर आएकी मनु भन्छिन, ‘जीवनभर साथ दिनेछु’

मनिषा थापा

पिएनपिखबर : ‘प्रेममा कुनै स्वार्थ हुदैन’ भन्ने उदारहण बनेको छ एक प्रेम जोडी। विक्रम सुनार र मनु लामाको माया सबैको लागि प्रेरणाको श्रोत बनेको छ।

करिव दुईवर्ष अघि पोखरामा बाइक दुर्घटनामा परी पुरै शरिर नचल्ने अवस्थामा पुगेका २३ वर्षीय विक्रम सुनारसँग बैवाहिक बन्धनमा बाधिएकी छिन् मनु लामा। मनु उनको जीवनमा देवी बनेर आएकी छिन् भन्दा केहि फरक नपर्ला।

उनीहरु बीच फेसबुक मै प्रेम बस्यो। उनले वास्तविकता थाहाँपाएपछि पनि उनले झनै सम्झाउने बुझाउने र साथ दिने बाचा गरिन। तर पनि विक्रमलाई उनको कुरामा विश्वास लागेन। उनले पहिला आफ्नो अबस्था हेर अनि मात्रै जे ठिक लाग्छ त्यही गर भनेका थिए जसकारण सर्लाही घर भएकी उनी विक्रमको अवस्था हेर्न काठमाडौँ आइन। काठमाडौँ आएर उनी एक हप्तासम्म उनकै सेवा गरिन। त्यसपछि उनले उनीसँगै जिन्दगी विताउने निर्णय गरी घरपरिवार विरुद्ध गएर
विवाह गरिन। अहिले उनीहरुको विवाह भएको ३ महिना वितेको छ। उनीहरु बीच झन् झनै माया बढ्दै गईरहेको देख्न सकिन्छ।

डाक्टरले उनलाई आत्मबल बढाउँन र धैर्य गर्ने सल्लाह दिएका छन्। उनको जीवनमा मनु आएपछि उनले आशाको किरण देखेका छन्। अहिले मनुको एक मात्र सपना भनेको विक्रमलाई आफ्नै खुट्टाले हिडेको देख्नु र आफ्नै हातले खाना खाएको देख्नु हो ।यो सपना पुरा गर्नको लागि उनीहरु साथ सहयोगको माग गरिरहेका छन्। उनीहरुलाई सहयोग गर्नका चाहनेले राष्ट्रिय बाणिज्य बैंकमा रहेको विक्रमको १८१०००४७३३१० खाता नम्बरमा पैसा पठाउन सक्नु हुन्छ अथवा उनको मोबाइल नम्बर ९८१३६५०१४९ मा सम्पर्क गर्न सक्नु हुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू