शिशिर भण्डारीले अमृता खनाललाई ‘मोहनी लाएको’ भिडियो सार्वजनिक [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। गायिका कमला श्रेष्ठले भर्खरै बजारमा ‘मोहनी लाएको’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्। गीतकी गायिका कमला श्रेष्ठ एक संचारकर्मी पनि हुन्, जस्ले १२ बर्षकै उमेरमा करेन्ट लागेर आफ्नो दुवै हात र एक खुट्टा गुमाउनु पर्यो । उहाँ अहिले आफ्नो कृत्रिम हात र खुट्टाको साहारामा हुनुहुन्छ ।

दुर्गालाल श्रेष्ठको शब्दमा रहेको यस गीतका संगीतकार न्यु बज्राचार्य हुन्। डोरेमी म्युजिक स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतका एरेन्जर गोपाल रसाइली हुन्। सन्तोष खनालको निर्देशनमा कलाकार शिशिर भण्डारी र अमृता खनालले यस गीतमा आफ्नो दमदार प्रस्तुति दिएका छन्। बुद्ध थापाले खिचेका यस गीतको भिडियोमा संजिप श्रेष्ठले सम्पादकको भूमिका निभाएका छन्।

शिशिर भण्डारीको अफिसियल च्यानल ‘नयाँ नयाँ न्युज नेपाल’ मार्फत उक्त गीत अपलोड गरिएको छ। शारीरिक रुपमा अशक्त कमला श्रेष्ठको यस गीतमा शिशिर भण्डारीले बिना पारिश्रमिक अभिनय गरेका छन् जुन एकदम प्रशंशनीय र उदाहरणीय पनि छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया