शानको ‘तिमी मै हराएँ’ सार्वजनिक

admin

काठमाडौँ : युवा गायक तथा संगीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छिन । गीतमा शब्द तथा संगीत पनि गायक भुसालकै सुन्न सकिन्छ । गीतको एरेन्ज सनीरले गरेका छन् ।

मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरको छन् ।

सृष्टी खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन , बुद्ध थापाको छायाँकन रहेको छ । गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया