शान्ति र समृद्धि ल्याउन सरकार सफल : राज्यमन्त्री रावत

राष्ट्रिय समाचार समिति

नेपालगञ्ज, २४ मङ्सिर : स्वास्थ्य राज्यमन्त्री नवराज रावतले मुलुकमा शान्ति र समृद्धि ल्याउन सरकार सफल भएको दाबी गर्नु भएको छ । प्रेस सङ्गठन बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री रावतले राष्ट्रिय गौरवको आयोजनादेखि लिएर ठूला जलविद्युत् परियोजना र पर्यटनका क्षेत्रमा उपलब्धिमूलक काम भएको बताउनुभयो ।

राज्यमन्त्री रावतले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको छ भन्नुभयो । यसैबीच, नेपालगञ्जस्थित भेरी अस्पतालको अवस्था र सेवा प्रवाहका बारेमा सरोकारवाला निकायसँग आजै गर्नुभएको छलफलमा उहाँले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया