शारीरिक अशक्तताको बाबजुत पनि यी बालिकाको यत्ति मदहोस पार्ने स्वर [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। अनुषा ओली झापामा जन्मिएकी हुन्। अहिले उनी काठमाडौँमा छिन्। कबिता सिवाकोटीले उनलाई काठमाडौँ ल्याएकी हुन्। कविता सिवाकोटी पनि लोकदोहोरी तथा आधुनिक क्षेत्रमा नयाँ नाम होइन। उनले थुप्रै लोक दोहोरि तथा आधुनिक गीतमा आफ्नो आवाज दिइसकेकी छिन्। एल्बम कै कुरा गर्ने हो भने उनले तिनवटा एल्बम सार्वजनिक गरिसकेकी छिन्।

गीत रेकर्ड गराउन कै लागि अनुषा काठमाडौँ आएकी हुन्। काठमाडौँको यात्रा यो उनको दोश्रो पटक हो। कबिता सिवाकोटीलाई उनले हजुरआमा भनेर सम्बोधन गर्छिन्। हजुरआमा सहित काठमाडौँ आएकी उनले यो पहिलो पटक गीत रेकर्ड गर्न लागेकी हुन्।

पहिलो गीत उनको वास्तविक जीवनसँग मेल खाने रहेको छ। उनी शारीरिक रुपले अपांग छिन्। उनको स्पाइनल कर्डमा समस्या रहेको छ। उपचारको क्रममा उनी बनेपामा रहेको अपांग अस्पताल नधाएकि पनि होइनन्। तर उनको अप्रेसन गर्नु उनको लागि झन् समस्याको कुरा बन्यो। अप्रेसन गए पछि निको हुने भन्दा पनि कम्मर मुनीको भाग नचल्ने हुने भयो। त्यसैले उनले अप्रेसन गरिनन्।

उमरले १५ वर्ष कि उनी कक्षा ७ मा अध्ययनरत छिन्। अध्ययन सँगसँगै उनको आवाज जादुमय भएकोले उनको आवाजमा गीत रेकर्ड गर्न लागिएको हो। आर्थिक अभावका कारण उनको घरपरिवारको स्थिति भने नाजुक नै छ। कला भए पनि आर्थिक अभावका कारण उनले आफ्नो कला देखाउने ठाउँ पाएकी छैनन्। गायिका कविताकै सहयोगमा उनले अहिले आफ्नो आवाजमा पहिलो गीत रेकर्ड गर्ने अवसर पाएकी हुन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू