शाहरुखको घरमा पस्न नपाएपछि फ्यानले गरे खतरनाक काम !

रिता घिसिंग

एजेन्सी : शाहरुख खानले आफ्नो जन्मदिनको अवसरमा घरमा आयोजना गरेको दिवाली पार्टीमा हंगामा भएको छ । यो पार्टीमा बलिउडका कैयौं ठूला हस्तीहरु उपस्थित थिए । शाहरुखको घरबाहिर फ्यानको भीड पनि देखियो । यही क्रममा शाहरुखको घरबाहिर यस्तो घटना भयो जसका कारण त्यहाँ हंगामा भयो ।

कोलकाताबाट आएका मोहम्मद सलीम नामका शाहरुखका फ्यानले शाहरुखको घर मन्नतको कम्पाउण्डभित्र पस्न नदिएपछि आफैंमाथी प्लेडले आक्रमण गरेर घाइते भए । फ्यानको हालत देखेर पुलिसले उनलाई नजिकैको भाभा अस्पतालमा उपचारको लागि लिएर गए ।

शाहरुखले जन्मदिनको पार्टी र दिवाली पार्टी एकै दिन राखेका थिए । उनको बंगलाबाहिर बेलुकादेखि नै ठूलो संख्यामा फ्यान जुटेका थिए । जन्मदिनकै दिन उनको फिल्म जीरोको ट्रेलर रिलिज भएको थियो । ट्रेलरले २ दिनमै ६ करोडभन्दा बढी भ्यू पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू