शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप

शर्मिला गुरुङ

काठमाडौँ, २१ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ ।

काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गर्नुभएको छ । उहाँले आन्दोलनमा घाइते भई उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

प्रतिक्रिया