शिक्षासेवी गीता राणालाई “प्याव्सक शिक्षा” सम्मान

admin

काठमाडौं, ८ असोज : शिक्षासेवी गीता राणालाई “प्याव्सक शिक्षा” सम्मान प्रदान गरिएको छ। निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) ले आयोजना गरेको बालकुमार स्मृति गायन प्रतियोगिताको फाइनलमा नेपालको शिक्षा क्षेत्रको विकास र उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राणालाई सम्मान गरिएको थियो।

ग्यालेक्सी पब्लिक विद्यालयकी संस्थापक प्रधान अध्यापक तथा अध्यक्ष रहेकी राणा नेपालको निजि शिक्षा र शिक्षालयको संस्थागत विकासमा योगदान पुर्याएकी छन।प्याव्सनको संस्थापक र नेसनल प्याव्सनको संस्थापक अध्यक्ष समेत रहेकी राना संविधान सभा सदस्य समेत हुन्।

प्याव्सकका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा भएको सो फाइनल कार्यक्रममा राना संगै संगीत र अभिनय क्षेत्रका जयनन्द लामा,खेलकुद क्षेत्रका भारत विसुराल ( हिमालयन टाइगर ),गिनिज बुकमा कान्छा चलचित्र निर्देशकका रुपमा नाम लेखाउन सफल सौगात र पत्रकारिता क्षेत्रका पुन्यराज पुडासैनीलाई “प्याव्सक सम्मान ” प्रदान गरिएको थियो।

त्यस्तै सो कार्यक्रममा निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) का संस्थापक अध्यक्ष केदारराज पुडासैनी,पुर्व अध्यक्षहरु शम्भु अधिकारी,विष्णु पराजुली र नारायण तिमल्सिनालाई “प्याव्सक अग्रज सम्मान ” पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया