शिशिरसँग टिकटकबाट भाइरल भएका जुम्ल्याहा जोडीको पहिलो म्युजिक भिडियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। समाजमा केही यस्ता पात्र छन्, जो न नाम चलेका कलाकार हुन्, न नेता न सार्वजनिक रूपमा कहलिएका व्यक्तित्व नै । आमनागरिककै जीवन बाँचिरहेका उनीहरूको छवि सामाजिक सन्जालमा भने सेलिब्रेटीको छ ।

फेसबुक, ट्विटर, टिकटक, इन्स्ट्राग्राम आदिको दुनियाँमा उनीहरू कैयौंको मनमा बसेका छन्, व्यापक दायरामा चिनिएका छन् । कुनै खास सार्वजनिक छवि नभए पनि सामाजिक सन्जालमा थुप्रै फ्यान बटुल्न सफल यस्ता ‘सिटिजन सेलिब्रेटी’हरू बग्रेल्ती फेला पर्छन् । तिनैमध्येका हुन्, टिकटकमा ‘ट्विन्नी गल्र्स’का रूपमा नेपालसँगै भारतमा छाइरहेका प्रिज्मा र प्रिन्सी खतिवडा ।

प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदीबहिनी हुन् । चाबहिल, काठमाडौंका यी दिदीबहिनीमा प्रिज्मा जेठी हुन् भने प्रिन्सी कान्छी । दिदी प्रिज्मा मेधावी कलेजमा बीएचएम थर्ड सेमेस्टरकी छात्रा हुन् भने कान्छी प्रिन्सी नाट कलेजमा डिप्लोमा इन एयरपोर्ट ग्राउन्ड अप्रेसन अध्ययनरत छिन् ।

अनुहार, शारीरिक हाउभाउ, स्वभाव हरेक कुरा उस्तै देखिनु उनीहरूको विशेषता हो । यही विशेषतासँग सोसल मिडिया जोडिएपछि अहिले उनीहरू छोटा सांगीतिक भिडियोका लागि चर्चित टिकटकमा सम्भवत: नेपालकै सर्वाधिक बढी फ्यान कमाउने जोडी भएका छन् ।

उनीहरूको संयुक्त टिकटक एकाउन्ट ‘ट्विन्नी गल्र्स’ लाई ४ मिलियन भन्दा बढीले पछ्याएका छन् । प्रिज्माको ब्यक्तिगत टिकटक एकाउण्टमा ४० लाख भन्दा बढी फ्यान छन् । जबकि नेपालमा सामाजिक सन्जालकी सबैभन्दा हिट अभिनेत्री प्रियंका कार्कीका टिकटक फ्यान २० / ३० लाख मात्र छन् । यी दिदीबहिनी २१ वर्षका मात्र भए । आत्मविश्वासले भरिपूर्ण संवाद, मिल्दोजुल्दो आकर्षक अनुहार र कलात्मक प्रस्तुति नै उनीहरूलाई टिकटकमा धेरैले रुचाउनुका खास कारण हुन् ।

टिकटक चलाउन थालेको पाँच महिना नबित्दै उनीहरूले पाएको भव्य फ्यान फलोअर्सको मुख्य कारण एउटै देखिने आकर्षक लुक्स, उत्कृष्ट एक्प्रेसन तथा पर्फेक्ट टाइमिङमा बनाइएका टिकटक भिडियो हुन् । यी दुई दिदीबहिनीको बन्डिङ पनि उत्कृष्ट छ ।

उनीहरुको बन्डिङ कै कारण उनीहरुलाई अहिले थुप्रै म्युजिक भिडियो देखि चलचित्र सम्मको अफर आएको छ। यद्दपि उनीहरुले जुन पनि म्युजिक भिडियो नखेल्ने अठोट बनाएका छन्। भाइरल भएर केहि समयको चर्चा बटुल्नु भन्दा सदासर्वदा आफ्नो शुभचिन्तकको मनमस्तिस्कमा रहन सफल हुनु नै ठुलो उपलब्धि ठान्छन् उनीहरु।

हालसालै यी दिदिबहिनी कलाकार शिशिर भण्डारीसँग एक म्युजिक भिडियोको शुटिंगमा व्यस्त छन्। उनीहरुको पहिलो म्युजिक भिडियो अब छिट्टै नै बजारमा आउने भएको छ। शुटिंग सेटमा नै लिइएको अन्तर्वार्तामा प्रेमीदेखि बिहेसम्मको विभिन्न कुराहरु खुलाएका छन् ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू