सुशीला कार्की मृत्यु प्रकरण : श्रीमान् रामबहादुर बिरुद्ध उजुरी, अस्पतालका प्रत्यक्षदर्शी यसो भन्छन् [स्थलगत रिपोर्ट]

शर्मिला गुरुङ

पोखरा, २९ माघ : पोखरा १३ चाउथेकी सुशीला कार्कीको मृत्युको बिषयलाई लिएर उनका श्रीमान् रामबहादुर कार्की बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कास्कीका प्रबक्ता डिएसपी रबिन्द्र गुरुङले उक्त कुराको जानकारी गराएका हुन् । श्रीमान् रामबहादुर नै घटनाको दोषी भएको भन्दै उजुरी परेपछि रामबहादुरलाई अुनसन्धानका लागी राखिएको प्रबक्ता गुरुङले बताए ।

जिएमसीमा प्यारलाईसिसको उपचार गरेपछि थेरापीका लागी स्पर्श आयुर्वेद अस्पतालमा राखिएको थियो । करिब १ महिना सम्म सुशीलाको स्वास्थ्य अवस्थामा निकै सुधार आएको भएपनि २४ गते राती एक्कासी उक्त घटना हुन पुगेको स्पर्शले बताएको छ । बोल्न, हिड्न र चल्न समेत नसक्ने शुसीला खान, बोल्न र हिड्न समेत सक्ने भएकी थिईन् । २४ गते राती करिब साढे ८ बजे शुशीलाका श्रीमान् रामबहादुर आत्तिदै अस्पतालमा कार्यरत महिलासँग गुहार माग्न पुगे । अस्पतालकी कर्मचारी पुग्दा शुसीला भूईमा थिईन्, पानी मागेर खुलाएको, लुगा फेर्दीएको समेत अस्पतालकी कर्मचारीले बताएकी छन् । अवस्था कमजोर हुँदै गएपछि स्पर्शका कर्मचारी र डाक्टरहरु मिलेर जिएमसी लगिएको बताए ।

अस्पतालबाट अर्धबेहोस् अवस्थामा श्रीमान् रामबहादुर कार्कीकै कारमा लगीएको स्पर्श अस्पतालले बताएको छ । जिएमसीको आकस्मीक कक्षमा केही परिक्षण पश्चात् शुशीलालाई मृत घोषित गरिएको थियो ।

आफ्नी छोरीको कालगतीले नभई ज्वाई रामबहादुर कार्कीले मारेको सुशीलाकी आमा बाटुली पहारीको आरोप छ । अन्यान्तै कमजोर अवस्थाबाट हिड्न सक्ने भएकी छोरीमा कुनै पनि रोग नभएको र सम्बन्धीत व्यक्तिलाई कारबाही नभएसम्म आफू चुप नहुने बताएकी छन् ।

हेर्नुहोस स्थलगत भिडियो: 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू