शेखको कप्तानीमा टोलीको घोषणा

admin

काठमाडौँ, १० असोज: यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । टोलीमा कमलसिंह ऐरी (उपकप्तान), रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजङ्ग शाही, रशिद खान, भीम सार्की, अरुण ऐरी, तीर्थराज दास, सन्दीप जोरा, सागर ढकाल र सूर्य तामाङ रहेका छन् । टोलीको व्यवस्थापकमा शक्ति गौचन, मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । नेपाली टोली बिहीबार ढाका प्रस्थान गर्नेछ ।

सन्दीप युएइ लिगमा आबद्ध
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले युएइको टि–२० लिग खेल्ने भएका छन् । उनलाई केरला किंग्स क्लबले अनुबन्धित गरेको हो । आगामी नोभेम्बर महीनामा हुने उक्त लिगमा सन्दीप रहेको क्लबमा इङ्ग्ल्याण्डका कप्तान इयान मोर्गन, वेष्ट इण्डिजका क्रिस गेल, केइरन पोलार्डजस्ता खेलाडी समावेश छन् । इण्डियन प्रिमियर लिगबाट टी–२० क्रिकेटमा चर्चित बनेका सन्दीपले हालै क्यारेबियन प्रिमियर लिग (सिपीएल) र क्यानडामा सम्पन्न ग्लोबल टी–२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिगमा समते उनी आबद्ध भइसकेका छन् । युएइ लिग आगामी नोभेम्बर २३ देखि डिसेम्बर २ तारिखसम्म हुनेछ ।
-रासस

प्रतिक्रिया