शेयरबजार आज ३३ अंकले बढ्यो

admin

काठमाडौं, ६ माघ : शेयरबजार (आज) बिहीबार भने बढेको छ । शेयरबजार परिसूचक नेप्से बिहीबार ३३ दशमलव शून्य तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

बिहीबार सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेकोमा बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।

यस्तै एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर पाँच अर्ब ७७ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सोरेन्सको २२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

त्यस्तै बिहीबार मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढेपनि बोटलर्स नेपालको शेयर झण्डै दुई प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया