शेयर बजार आज झण्डै १६ अङ्कले बढ्यो

admin

काठमाडौं, ७ माघ : शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै १६ अङ्कले बढेको छ । नेप्से १५ दशमलव ८७ अङ्कले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको हो । बुधबार जीवन बीमा समूहको शेयर सात सय २९ अङ्कले, निर्जीवन बीमाको एक सय ८५ अङ्कले, जलविद्युत् समूहको शेयर ५३ अङ्कले, फाइनान्सको ४३ अङ्कले र माइक्रो फाइनान्स समूहको शेयर २९ अङ्कले बढेको छ ।

बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको शेयर ओरालो लागेको छ । दुई सय ११ कम्पनीका एक करोड ५९ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा कारोबार भएका छन् ।  सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६१ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार १५ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनी र कामना सेवा विकास बैंकका शेयरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया