शेयर बजार : आज साढे चार अर्बको कारोवार

राष्ट्रिय समाचार समिति

काठमाडौं, १५ फागुन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बिहीबार पनि जारी रह्यो ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुगेर रोकियो । सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुगेको छ । बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भयो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अङ्कले बढ्दा विकास बैंक ३८.६५ र उत्पादन उपसमूहको शेयर १६.४५ अंकले बढेको छ ।

व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत् २१.५, वित्त ८.५२, निर्जीवन बीमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बीमा १६४.६३ र सामूहिक लगानी कोषको ०.१६ अङ्कले घट्यो । कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो ।  सो कम्पनीको शेयर रु २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद बिक्री भयो ।

एनआइसी एशिया बैंकको रु २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको रु १५ करोड ७० लाख ६१ हजार २३८, नवील बैंकको रु १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको रु १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको शेयर रु ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिद बिक्री भयो ।

बिहीबार सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नेपाल एसविआइ बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नवील बैंकको ९.७७, वमि माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्टाण्र्डड चार्टड बैंकको ८.७० र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाए ।

परिसूचक बढे पनि बिहीबार सबैभन्दा बढी नाग्दी ग्रुप पावरका शेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६.१९, साल्ट ट्रेडिङ कर्पोरेशन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका शेयरधनीले ४.८१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया