शैक्षिक प्रमाणपत्र किर्ते गर्ने छात्र पक्राउ

रिता घिसिंग

जाजरकोट, १२ असोज : रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिनुभयो । छात्र परियारको प्रमाणपत्रमा जन्म मिति फरक परेकामा नसच्याइएपछि भेरी कम्प्युटरका सञ्चालन पुनलाई नयाँ बनाइदिन उनले आग्रह गरेका थिए ।
सञ्चालक पुनले नयाँ बनाइएको प्रमाणपत्रको रकम लिई आफ्नो कम्प्युटरमा नयाँ प्रमाणपत्र बनाइ प्रधानाध्यापकको सहीसमेत आफै गरेको पाइएको उहाँले बताउनुभयो ।

अभियुक्त दुबैलाई कानून बमोजिम कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यहाँ यस्ता किर्ते प्रमाणपत्र बनाउनेको बिगबिगी बढेकाले प्रहरीले निगरानी गर्दै आएको छ ।
–रासस

प्रतिक्रिया