शैक्षिक संस्था माघ मसान्तसम्म बन्द

admin

काठमाडौं, १४ माघ : कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ ।

यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालनमा रोक लगाइएको थियो ।

तर, जोखिम कायमै रहेकाले माघ मसान्तसम्म भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापमा रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

“यसअघि मन्त्रिपरिषद् बैठकले नै पूर्व निर्धारित परीक्षा कलेजका परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, संक्रमणदर एकदम बढेपछि उहाँहरूले यसलाई रोक्नुभएको थियो ।

अब फेरि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षाा सञ्चालन गर्न गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ,” उनले भनिन् ।

प्रतिक्रिया