श्रीबैंकटेशको निक्षेप एक करोड १५ लाख

admin

काठमाडौँ, १ मङ्सिर:चाबहिलस्थित श्रीबैंकटेश सहकारी संस्थाले निक्षेप रु एक करोड १५ लाख पु¥याएको छ । संस्थाको आज नवौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धरणीधर अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा रु एक करोड १५ लाख निक्षेप पूँजी रहेको उल्लेख छ ।

यस आर्थिक वर्षमा खुद नाफा रु तीन लाख ५६ हजार कमाएको उक्त संस्थाले आगामी असार मसान्तसम्म खुद नाफा रु पाँच लाख पु¥याउने लक्ष्य लिएको छ । साधारणसभामा जीवन विज्ञानका संस्थापक रमेश नेपाललगायतले चाबहिल सरस्वती नगर क्षेत्रमा स्वास्थ्य, शैक्षिक सम्बन्ध र समृद्धिका लागि सञ्चालन गरेका कार्यक्रम अत्यन्त प्रशंसनीय रहेको जानकारी गराउनुभयो । धरणीधर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिमा चयन भएको छ ।
-रासस

प्रतिक्रिया