श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चलेको भन्दै श्रीमानले काटिदिए जिब्रो

रिता घिसिंग

एजेन्सी : उत्तर प्रदेशको कानपुरका आकाश नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको जिब्रो काटिदिएका छन् । अचम्मको कुरा त के छ भने पीडितका पिता पुलिसका थानेदार हुन् तर उनी आफ्नी छोरीलाई न्याय दिलाउन दौडधुप गरिरहेका छन् ।

आरोपीले श्रीमतीको जिब्रो काटिदिनुमा अचम्मको कारण बताए । उनका अनुसार श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसकारण आफूले उनको जिब्रो नै काटिदिएको बताए । अहिले आरोपी पक्राउ परिसकेको छ।

छोरीलाई न्याय दिलाउनका लागि थानाको चक्कर लगाइरहेका पीडितका पिता रामकिशोर शंखवारले एसएसपीसँग पनि भेटघाट गरेका छन् । उनका अनुसार अनुसार उनले छोरी वन्दनाको विवाह आकाशसँग सन् २०१७ को नोभेम्बर २८ तारिखमा गराइदिएका थिए । उनले विवाहमा करिब १२ लाख भारु खर्च गरेको उनले बताए ।

विवाहपछि आकाशले उनलाई दाइजोका लागि प्रताडित गर्ने गरेको पीडितले आरोप लगाइन् । गत सेप्टेम्बर १२ मा पनि श्रीमानले आफूलाई अत्यधिक कुटेको जसका कारण उनको टाउको फुटेको जानकारी दिइन् ।

पीडित भन्छिन्, ‘नोभेम्बर ६ तारिखमा दीपावलीको एक दिनअघि आकाशले मलाई जबर्जस्ती नशालु पदार्थ खुवाएर मेरो जिब्रो काटिदिए ।’

त्यसपछि पीडितले छिमेकीको मद्दतले आफ्नो घरमा सम्पर्क गरेको र सबै कुराको जानकारी दिएको बताइन् । मेडिकल रिपोर्ट आएपछि त्यसको आधारमा आरोपीविरुद्ध मुद्दा दर्ता गरिने पुलिसले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू