श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौं, २८ जेठ : श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक जनालाई प्र हरीले प क्राउ गरेको छ। पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा प्र हरीले प क्राउ गरेको हो।

जिल्ला प्र हरी कार्यालय गोरखाका प्रह री नायब उपरीक्षक प्रकाश दाहालले कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रह रीलाई जानकारी गराएको जानकारी दिए।

घ टना लगत्तै प क्राउ परेका कामीले श्रीमतीको गए राति नै मृ त्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको दाहालले बताए।

नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्र हरीले जनाएको छ। कामीलाई अस्थायी प्र हरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प क्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्र हरीको भनाइ छ। उनीहरुले ट महिना अघिमात्र बिहे गरेका थिए। घ टनाको थप अनुसन्धानका लागि प्र हरी निरीक्षकको टोली घ टनास्थलतर्फ पठाइएको प्र हरीले जनाएको छ।

प्रतिक्रिया